पोखरालाई २४ घण्टा खुला गर्न सरकार तयार भएकोः गृह मन्त्री खाँणको भनाइ
पर्यटन प्रबद्र्धन गर्न पोखरामा सडक महोत्सव सुरु

पोखरा – नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले पोखरा चौबीसै घण्टा खुलाउन गराउन सरकार तयार रहेको बताएका छन् । बिहीबारदेखि गण्डकी प्रदेशको राजधानि पोखरामा सुरु भएको २३औं संस्करणको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाँणले पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पोखरालाई २४ घण्टा नै खुला गर्ने गरी गृहकार्य सुरु गरेको बताएका हुन्।
पोखरा चौबीसै घण्टा खुल्नुपर्छ भन्ने स्थानीयको एक मत भई आएको सुझावको आधारमा आफुहरूले उक्त निर्णयलाई कार्यान्वयनमा लैजान कुनै कठिनायी नहुने मन्त्री खाँणको भनाइ थियो । पोखरालाई खुलाउँदा स्थानीयको जनगुनासो नआउने गरी खुला गर्न र त्यसको व्यबस्थापनको लागि निजी र सरकारको समन्वय आवश्यक भएको उनको भनाइ थियो । पोखरालाई रातभर खुल्ला गराउने बिषयमा कसैले रातभरी सुत्न नपाएको हो हल्ला भएको लगायतका गुनासो नआउने गरी व्यवस्थापनमा स्थानियनै जुट्नुपर्ने मन्त्री खाँणको भनाई छ ।
पोखराको सुन्दरता र यहाँका फेवालगायतका तालहरूको संरक्षणमा सरकार प्रतिवद्ध रहेको मन्त्री खाँणले बताए । पोखराको सुन्दरतालाई कायम राख्न स्थानीय सरकार जिम्मेवार र संवेदनशील हुन उनले आग्रह गरे ।
गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले पर्यटन विकासका कार्यक्रममा सरकार निजी क्षेत्रसँग मिलेर सहकार्य गर्न तयार रहेको बताए । कानुन सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सराङकोटबाट सञ्चालन हुँदै प्याराग्लाइडिङ विस्थापित हुन सक्ने आशंका रहेको बताउँदै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण रहेको प्याराग्लाइडिङ व्यबस्थापन गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले नेपालको पर्यटनको राजधानी पोखरा हो भनेर घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गरे । उद्घाटन समारोहमा रेवानका केन्द्रीय प्रथम उपाध्यक्ष संघर्ष विष्ट, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिँह लामा, रेवानका अध्यक्ष लक्ष्मण बराल लगायतले पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा माग गरे । महोत्सवको उद्घाटन अघि विभिन्न २५ वटा साँस्कृतिक समुहको झाँकी ¥याली तीन किमी पैदल महोत्सवस्थल कोमागाने पार्कसम्म निकालिएको थियो । अङ्ग्रेजी नयाँवर्षका अवसरमा ‘सडकमै खाऔँ, सडकमै नाचौ र सडकमै रमाऔँ’को नारा सहित रेवानले सडक महोत्सव आयोजना गरिएको महोत्सव संयोजक नरेश भट्टराईले बताए । यही पुस १५ र १६ गते गरी दुई दिन महोत्सवमा आगन्तुक स्वदेशी तथा विदेशी पाहुनाहरूलाई २३ औं संस्करणको पोखरा सडक महोत्सवको अवसरमा कोरोनाबिरुद्ध खोप उपलब्ध गराउन सुरु भएको रेवान पोखराले जनाएको छ ।
३ दिन सम्म चल्ने महोत्सव स्थलमा ३० भन्दा बढी हस्तकला, कोमागाने पार्क प्रवेशका लागि दिउँसो ५० रुपैयाँको तथा राति एक सय रुपैयाँको टिकट लाग्ने रेवान पोखराका सचिव विकास भट्टराईले जनाए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस लगायतका विभिन्न खेल गतिविधिसमेत हुने भएको उनले जनाए ।
संस्कृति, खाना र म्यूजिकको समेत महोत्सवले प्रबद्र्धन गरेकोले सडकमै खाऔं सडकमै रमाऔं भन्दै उक्त महोत्सवलाई अगेंजी नयाँ वर्षको अवसरमा हरेक बर्ष निरन्तर रुपमा आयोजना गर्दै आएको अध्यक्ष बरालले जनाए । पोखराको सडक क्षेत्र यति वेला दुलही झै सिंगारिएको रेवान पोखराका पूर्व अध्यक्ष चौबहादुर गुरुङले बताए । पोखराको सडक क्षेत्र यतिवेला धोजा पोतकाले सजिएको उनले जनाए ।