राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसमा -याली «

राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसमा -याली

लमजुङमा नवौंराष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा -याली भएको छ । देशैभर राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाइरहेका बेला लमजुङमा पनि विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा -याली भएको हो ।
जिल्लामा क्रियाशील अन्तर्राष्ट्रिय सञ्जाल रोटरी क्लब अफ लमजुङ, रोट्रयाक्ट क्लव अफ लमजुङ, लायन्स क्लव, लाईन्स लेडी टुगेदर वि क्यान लमजुङ, लमजुङ जेसिससहित लमजुङ उद्योग वाणिज्य सँघ, लमजुङ उद्योग बाणिज्य सँघ बेंसीसहर इकाई, गैरसरकारी सँस्था आरसिडिसी, लमजुङ कालिका युवाक्लव, लमजुङ कालिका स्काई क्लव, लगायतका अन्तराष्ट्रिय क्लवमा आबद्ध युवाहरूले स्वतः स्फुर्त रूपमा ¥याली गरेर राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाएका हुन् ।
बेंसीसहरको मनाङेचौताराबाट सुरु भएको ¥याली त्रिवेणी चोक, भीमसेनस्थान, नारायणस्थान हुँदै शेरा चोकसम्म पुगेको थियो । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालको प्रमूख अतिथ्यतामा भएको सो -यालीमा लमजुङका निमित्तप्रमूख जिल्ला अधिकारी भुमेश्वर पोख्रेल, प्रहरी नायव उपरिक्षक कृष्णबहादुर कार्की, राष्ट्रिय अनुसन्धान प्रमुखकुमार बुढाथोकी, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, आरसीडीसीका कार्यक्रम व्यवस्थापक विश्वविनोद घिमिरे, रोटरी क्लब अफ लमजुङका अध्यक्ष रेशम घिमीरे, रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष मुकेश कुँवर, लायन्स क्लब अफ लमजुङका अध्यक्ष विजय घिमिरेलगायतको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले नेपाली टोपी नेपालीको राष्ट्रिय पहिचान भएकाले यसको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको उल्लेख गरे । नेपाली टोपीको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत निकै आकर्षण भएको भन्दै नगरप्रमूख अर्यालले नेपाली पहिचानका निम्ती नेपाली टोपीको विशेष महत्व रहेको उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी पोख्रेललेराष्ट्रियता र नेपाली टोपीको महत्वलाई अझै बढवा दिन टोपी दिवस सान्दर्भिक भएको बताए । नेपाली टोपीसँगै हाम्रो सँस्कार र सँस्कृतिसँग जोडिएका पोषाकहरूलाई विशेष महत्वका साथ अझै प्रवद्र्धन गर्न आवश्यक रहेको पोख्रेलको भनाइ थियो ।
कार्यक्रममा रोटरी क्लब लमजुङका अध्यक्ष रेशम घिमीरेले राष्ट्रिय पोषाक तथा नेपाली टोपी दिवसको सान्दर्भिकतासँगै कार्यक्रमको औचित्यबारेमा प्रकाश पारेका थिए भने रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष मुकेश कुँवरले धन्यबाद सहित कार्यक्रमको समापन गरेका थिए ।
नेपाली सस्कृति र पहिचानमाथि पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जाँदा नेपालको राष्ट्रियता र पहिचान खतरमा पर्दै गएको छ । नेपाली टोपी नेपालको राष्ट्रियता झल्काउने प्रतिक हो । शिरमा लगाउने भादगाउले वा ढाका टोपी नेपाली संस्कृतिसँगै संसारकै उत्कृष्ट गौरव भएको सरोकारवालाहरूको भनाइ छ ।
राजा पृथ्वीनारायण शाहको पालादेखि व्रिटिस साम्राज्यले समेत नेपाली टोपीको गाथालाई उल्लेख गरेको इतिहासमा पाइन्छ । विश्वभर अंग्रेजी नयाँ वर्ष मनाईरहेका दिन राष्ट्रियता, पहिचान र संस्कृति संरक्षणका लागि नेपाली टोपी दिवस मनाउन सुरु गर्नु उचित कदम हो । पश्चिमा प्रभाव परिरहेको नेपाली संस्कृतिमा राष्ट्रियता जोगाउनकै लागि पनि नेपाली टोपि दिवसलाई सरकारले मान्यता दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्