पाँच लाख स्मार्ट लाइसेन्स माघभित्रै छाप्ने योजना «

पाँच लाख स्मार्ट लाइसेन्स माघभित्रै छाप्ने योजना


सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० छाप्न बाँकी रहेको करिब ५ लाख कार्ड माघ महिनासम्म पूरा हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
विगतमा कार्ड अभावमा रोकिएको स्मार्ट लाइसेन्सकको छपाई १४ लाख कार्ड भित्रिएसँगै मंगलबारबाट सुरु भएको थियो । बिहान ७ बजेबाट बेलुका ११ बजेसम्म स्मार्ट लाइसेन्स छपाइ थालिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।
गत भदौदेखि कार्ड आपूर्तिमा ढिलाइ हुँदा स्मार्ट लाइसेन्सको आकस्मिक बवाहेकको हकमा छपाइ रोकिएको थियो । विगतमा छपाइ हुन नसकेका लाइसेन्स र गत भदौ यता नविकरण भएका लाइसेन्स् गरेर करिब ५ लाख बढी स्मार्ट लाइसेन्स छापिन बाँकी रहेको महानिर्देशक घिमिरेले बताए । उनले भने, “दैनिक ८ हजार स्मार्ट लाइसेन्स छपाइ गरेर माघसम्म मौज्दात रेहको सबै कार्ड छपाई गरीसक्ने योजना रहेको छ ।”
मेसिमनको क्षमता हेरेर छपाइ संख्यामा वृद्धि हुने उनको भनाइ छ । ३ सिफ्टमा कर्मचारीको व्यवस्थावन गरेर स्मार्ट लाइसेन्स छपाइ थालिएको र ३ जनाले दैनिक बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म छपाइ गर्दा आगामी माघसम्म बाँकी रहेको छपाइको काम सकिने अनुमान विभागको छ ।
यसअघि विभागको प्रविधिक समस्या र कार्ड आपूर्तिको जिम्मा लिएको फ्रान्सेली कम्पनी सेल्पले समयमै कार्ड आपूर्तिका केही ढिलाइ हुँदा स्मार्ट कार्ड छपाई रोकिएको थियो । “बिहीबार कार्यलय समयमा छपाइ गर्दा मात्र पनि ४ हजार स्मार्ट लाइसेन्स छपाइ भएको छ” विभागका महानिर्देशक घिमिरेले भने, “दैनिक १६ घण्टा छपाइ गरेर ६ देखि ८ हजार स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने सकिने देखिएको छ ।” वैशाखदेखि आकस्मिक बाहेका स्मार्ट कार्ड प्रिन्ट हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्