ग्लोबल आइएमई बैंकको क्यासब्याक योजना «

ग्लोबल आइएमई बैंकको क्यासब्याक योजना

ग्लोबल आइएमई बैंकले १५औं वार्षिकोत्सवको उपलक्ष्यमा कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक योजना ल्याएको छ ।
यही १५ पुसदेखि १५ माघसम्मका लागि मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।
यस्तै, पहिलोपटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा ३०० सम्म क्यासब्याक प्रदान गर्ने पनि बैंकले जनाएको छ । १७ पुसदेखि लागु हुने क्यासब्याक योजना सीमित अवधिका लागि रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्