राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना «

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्यका लागि हुन थालेको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय दाङको घोराहीमा स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्याधीस तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।
कार्यालय स्थापनासँगै विधिवत रुपमा राष्ट्रिय सभाको निर्वाचनको कार्य सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित प्रमुख निमराज भट्टराइले जानकारी दिए । महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन थालेको उनले बताए । लुम्बिनी प्रदेशमा २ सय ९६ जना मतदाताहरु रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । स्थानिय तहका प्रमुख, उप प्रमुख तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्ने पाउने व्यवस्था छ ।
राष्ट्रिय सभा सदस्यका लागि आउँदो माघ १२ गते निर्वाचन हँुदै छ । घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि पुस १७ गते मतदाताको नामावली प्रकासन गरिने भएको छ ।
१७ गते नै दाबी विरोधको उजुरी दिने प्रकासित नामावलीमा नाम समावेश हुन्, छुट भएका व्यक्तिले आफनो नाम समावेस गर्नका लागि दरखास्त दिने नाम समावेश भएका व्यक्तिले आफनो नाम, थर, उमेर, पद, आदि सच्चाउन दरखास्त दिने तथा प्रकासशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिन सक्ने छन् । पुस १८ र १९ गते निवेदनका तथा उजुरीउपर छानविन र कारवाही गर्ने, पुस १९ गते अन्तिम नामावली प्रकासन गरिने भएको छ ।
पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, पुस २० गते मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने भएको छ । पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयन पत्र र उजुरी उपर जाँचवुझ गरी निर्णय गरिने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । पुस २४ गते उम्मेदवारी फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकासन गरिने छ । पुस २५ गते नै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने छ भने माघ १२ गते निर्वाचन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय सभाका २० सदस्यको कार्य काल आगामी फागुन २० गते सकिँदै छ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरी सक्नुपर्ने व्यवस्था गरेको छ । त्यसैका लागि निर्वाचन गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्