कप्तान परिवर्तनको निर्णय अधिकार क्यानलाई छ : पुबुदु «

कप्तान परिवर्तनको निर्णय अधिकार क्यानलाई छ : पुबुदु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले गरेको कप्तान परिवर्तनको निर्णय क्यानको अधिकार भएको बताएका छन् ।
बिहीबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रशिक्षक पुबुदुले सेन्ट्रल कन्ट्रयाक्टको विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने भन्दै कप्तानको विषय भने क्यानको बोर्ड बैठकको अधिकार भएको बताएका हुन् । नेपाल फर्किएपछि खेलाडी र क्यानसँग आफ्नो छलफल भएको भन्दै उनले खेलाडीको मुख्य गुनासो सेन्ट्रल कन्ट्रयाक्टमा रहेको र समाधान भयो भने सबै बाँकी समस्या समाधान हुने बताए ।
क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय गरेको थियो ।
मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी सहित सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको थियो । जस अनुसार सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको थियो । अन्तरक्रिया कार्यक्रममा पुबुदुले आपूmसँग २०११ देखि २०१५ सम्म काम गरेको अनुभव भएको भन्दै नेपाली टोली खुसी बनाएर नेपालका लागि खेलाउने प्रतिबद्धता जनाए । त्यसका लागि सुरुआतमा ३० खेलाडी भन्दा बढीलाई बन्द प्रशिक्षणमा बोलाउने उनले बताए ।
प्रशिक्षक दासानायकेले यसअघि सन २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन् । क्यान र खेलाडीबीचको तिक्ततालाई समाधान गर्दै अगाडि बढाउन सक्ने प्रशिक्षक हुन सक्ने भन्दै क्यानले दोस्रो पटक पुबुदुलाई मौका दिएको हो । पुबुदुकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो । सोही हिसाबाले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्