Logo

गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

पोखरा – गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । तमुहरूको उद्गम थलो मानिने गण्डकी प्रदेशलाई गण्डकी प्रदेश सरकारले १५ गते बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा २०७८ सालको तमु ल्होसार(पुस १५ गते) को अवसरमा सार्वजनिक बिदा दिने प्रदेश सरकारलको मन्त्रिपरिषदले २०७७ चैत १७ गते निर्णय गरेकाले सम्बन्धित सवैमा जानकारीका लागि प्रदेश सरकारले सार्वजनिक सूचना जारी गरेको हो ।
प्रदेश सरकारलाई त्यस्ता विशेष अवसरमा वर्षको ६ दिन दिन पाउने व्यवस्था सुरुवात ल्होसारबाट गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । प्रदेश सरकारले बहु जातजाति, बहु भाषा, बहु संस्कृतिको सम्मान र संरक्षण गर्दै आएको उनले जनाए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव नेत्र प्रसाद पौडेलद्वारा बुधबार जारी गरिएको सूचनामा उक्त कुरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्