बेक फेस्ट काठमाडौं इभेन्ट सुरु «

बेक फेस्ट काठमाडौं इभेन्ट सुरु

केकको संस्कृति झल्काउन भन्दै ललितपुरस्थित लबिम मलमा बेक फेष्ट सुरु भएको छ ।
विभिन्न १५ वटाभन्दा बढी बेकरी शपहरूले संयुक्त रूपमा लबिम मलमा बुधबारदेखि बेक फेष्ट काठमाडौं सुरु गरेका हुन् । केक र बेकरीको संस्कृति झल्काउनको लागि सो इभेन्टको आयोजना गरिएको आयोजक दिपा भुसालले बताए । सहरीया जीवन शैलीमा अभिन्न रुपमा रहेको केक संस्कृती बिस्तारै गाउँ पसिरहेको छ । हरेक उत्सवमा अनिवार्य बन्दै गएको केकको मेला नेपालमा भने पहिलो पटक आयोजना गरिएको हो । आजबाट सुरु फेस्टिभलमा केक र बेकरीको नयाँ नयाँ प्रोडक्ट समावेश रहेको आयोजक भुसालले जानकारी दिए ।
उनले भने, ‘केकको कल्चर, बेकरीको कल्चर कस्तो छ अहिले नेपालमा सबै बेकरीको आफ्नै प्रकारको शैली छ । सबै बेकरीमा के फरक छ र हरेक बेकरीबाट मानिसहरूले के–के बुझ्नुपर्छ भन्ने झल्काउन खोजेको हो ।’
बुधबारदेखि सुरु भएको इभेन्ट तीन दिनसम्म सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्