नयाँ वर्षमा भायानेटको नयाँ सुविधा «

नयाँ वर्षमा भायानेटको नयाँ सुविधा

अंग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले नयाँ मिनि–७५ प्याक ल्याएको छ । कम्पनीले थोरै इन्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्ने उद्देश्यले ससाना प्याकहरु उपलब्ध गराएको हो ।
यस मिनी–७५ प्याकमा वार्षिक ग्राहक बनी मात्र ८ सय रुपैयाँ प्रतिमहिनामा ग्राहकहरुले ७५ एमबीपीएसको सुपर–फाष्ट इन्टरनेट पाउनेछन् । नयाँ वर्षको अफरअन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्नेछ। यस सिममार्फत ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउनेछन् ।
त्यस्तै यो सिममार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउनेछन् ।
भायानेटले दुई हप्ता अघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो । यस अल्ट्राफाई प्रोडक्ट लाइनहरुको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र १ हजार २५० रुपैयाँ प्रतिमहिनामा १७५ एमबीपीएस इन्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभी प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्