हिमालयन बैंकको साधारणसभा ३० पुसमा «

हिमालयन बैंकको साधारणसभा ३० पुसमा

हिमालयन बैंकले यही पुस ३० गतेका लागि साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको २१.३८ प्रतिशतका दरले बोनस सेयर र सो को करसहित ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश वितरण गर्ने र नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्नेसम्बन्धी सम्पूर्ण कार्यहरुलाई स्वीकृत प्रदान गर्ने, सेयर स्वाप रेसियो १ बराबर १ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायत प्रस्ताव पारित गर्ने बताइएको छ । साधारण सभा प्रयोजनार्थ बैंकले पुस ११ गतेदेखि बुकक्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्