भेडेटारमा परिकार महोत्सव हुने «

भेडेटारमा परिकार महोत्सव हुने

नयाँ बर्षको अवसर पारेर धनकुटाको पर्यटकीयस्थल भेडेटारमा ९औं परिकार महोत्सव हुने भएको छ । धनकुटाको भेडेटारमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले दिएको जानकारीअनुसार महोत्सव अंग्रेजी नयाँ वर्षको अवसरम यही पुस १६ गते बाट १८ गतेसम्म तीन दिन आयोजना हुने आयोजक होटल एसोसियन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । कोरोना महामारीका कारण थलापरेको पर्ययटन व्यावसायलाई लयमा फर्काउनका र प्रदेश न १ कै पर्यटकीय स्थान भेडेटार लाई अझ प्रचार प्रसार गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका सामाग्री प्रदर्शनीसँगै हेलि फनफाल्इट, जिप लाइन, प्याराग्याइडिङ लगायतका खेलहरूसमेत महोत्सवमा छन् । त्यस्तै भेडेटार आसपासका पर्यटकीय क्षेत्रहरूमा समेत घुम्न पाइने व्यावस्था गरिएको आयोजक समितीका सल्लाकार नरद चेम्जोङ्गले बताए । महोत्सवमा ३० हजार आगन्तुकको सहभागिता रहने तथा १ करोड रुपैयाँसम्मको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको आयोजक होटल एसोसिएसन भेडेटारले जनाएको छ । २०६९ साल बाट नियमिति महोत्सव हँुदै आएकोमा गत वर्ष कोरोना महामारीका कारण महोत्सव स्थिगित गरिएको थियो भने यो बर्ष पनि स्वाथ्य सुरक्षाका मापदण्ड पालना लाई कडाई गर्दै महोत्सव गरिन लागेको आयोजक समितिका अध्यक्ष जितेन्द्र रुम्दाली राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्