समूहगत छलफलको निष्कर्ष बन्दसत्रमा प्रस्तुत हुने «

समूहगत छलफलको निष्कर्ष बन्दसत्रमा प्रस्तुत हुने

छलफलमा प्रतिनिधि काठमाडौँ, १३ पुसः नेकपा (माओवादी केन्›)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि अधिवेशनस्थल प्रज्ञा भवनमा समूहगत छलफल गर्दै प्रतिनिधि । तस्बिर : रत्न ७नतसेष्ठ÷रासस


नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भएको थियो । समूहगत छलफलका लागि २५ समूह बनाइएको थियो । बुधबार बन्दसत्रमा समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।
यसैबीच, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नयाँ केन्द्रीय कमिटी संविधानले व्यवस्था गरे अनुरुपको समानुपातिक प्रतिनिधित्वको आधारमा बनाउने छलफल भएको छ । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी क्लष्टरको आधारमा युवा, मुस्लिम, महिला, जनजाति लगायतको प्रतिशत र कमिटी बनाउँदा संविधानमा व्यवस्था गरिए अनुरुप समानुपाति प्रतिनिधित्व हुनेगरी गर्ने र त्यसको निम्ति तयारी गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा स्थायी कमिटी सदस्यहरु र प्रदेश ईन्चार्जहरुले समुहगत छलफल चलिरहेको ग्रुपमा गएर सहजीकरण गर्ने भएका छन् ।
स्थायी कमिटी सदस्य मातृका यादवले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्माआलोचना गरिसकेको भन्दै अन्य नेताहरुले पनि आ–आफ्नो ठाउँबाट आत्माआलोचना गर्नुपर्ने बताए । महाधिवेशनबाट निस्किदाँ एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताए । अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रले लिने आर्थिक नीति देशको आत्मनिर्भरता, वेरोजगारीको अन्त्य हुने बताए । यस्तै, उत्पीडित वर्ग, जाति र समुदायको स्थानीय स्रोत, साधनमाथि स्वामित्व स्थापना गर्दै समृद्धिको अभियान सञ्चालन गर्ने उनको भनाइ छ ।
जारी माओवादी केन्द्रको आठौँ महाधिवेशनमा आफ्नो मत लिखित रुपमा राखेका नेता राम कार्कीले नेपाललाई नयाँ विचार चाहिएको बताए । नेपाल विचारमा गरिब भएको उनको भनाई छ । उनले संघीयता सहि अर्थमा लागु हुन नसकेको बताए । नेता कार्कीले संघीयताका कारण स्थानीय तहमा अनियमितता बढेको भन्दै स्थानीय तहमा पुगेका बजेट कार्यान्वयनको निगरानी गर्न संयन्त्र बनाउनुपर्ने आफ्नो माग रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्