निर्माण व्यवसायी संघ लमजुङमा नयाँ नेतृत्व «

निर्माण व्यवसायी संघ लमजुङमा नयाँ नेतृत्व

निर्माण व्यवसायी संघ लमजुङको अध्यक्षमा सतिस पराजुली चयन भएका छन् । संघको सातौं अधिवेशनले पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा शत्रुधन श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा छविन्द्रजंङ गुरुङ चयन भएका छन् । यसैगरी सचिवमा पंकज अधिकारी चयन भएका छन् भने सहसचिवमा सञ्जीव पौडेल, कोषाध्यक्षमा कृष्णबहादुर देउजा रहेका छन् । समितिको सदस्यमा विद्यादेवी श्रेष्ठ, कमल गुरुङ, महेन्द्र खनाल, राजु धिताल, राजेश अधिकारी, प्रतिक अधिकारी, नविन धिताल र दिनेश विष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्