बिमाबाट लाभान्वित बन्दै सर्वसाधारण «

बिमाबाट लाभान्वित बन्दै सर्वसाधारण


गुठिचौर गाउँपालिका १ निवासी निमा तामाङले स्याउ बिमा गरेका थिए । करिब एक सय बिरुवाको ४ हजार २ सय तिरेर बिमा गरे । जसबाट उनले स्याउमा क्षति भए पश्चात प्रतिबोट क्षतिको प्रकृतिको अनुसार ५ देखि २५ सयसम्म पाउने बिमा पोलेसी छ ।
तामाङले स्याउ बिमासँगै १ सय रुपैयाँ थपेर किसान दुर्घटना बिमा पनि गरेका थिए । भैपरी आउने दुर्घटनाबाट किसानलाई राहत दिन शिखर इन्सोरेन्सले एक सय रुपैयाँमा बिमा गरेर २ लाख दाबी भुक्तानी दिने योजना ल्याएको छ ।
गएको असोज १७ गते बिमित तामाङको भालुको आक्रमणबाट मृत्यु भयो । गुठिचौर ५ झारज्वालामा जंगली भालुको आक्रमणबाट मृत्यु भएका तामाङकी श्रीमती छिरिङ ल्हामु तामाङलाई शिखर इन्सोरेन्स शाखा जुम्लाले २ लाखको बिमा दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ ।
शिखर इन्सोेरेन्सका शाखा प्रबन्धक दिपदर्शन पडेराले छिरिङ ल्हामु तामाङलाई २ लाखको चेक हस्तान्तरण गरेका हुन् । १ सयको दुर्घटना बिमा गर्दा २ लाख राहत पाउँदा किसान तामाङ खुसी छन् । आफ्नो श्रीमान आफूसँग नरहेपनि बिमाबाट प्राप्त राहत रकमले स्याउ खेती विस्तार गरी आयआर्जनमा जुट्ने उनको भनाइ छ ।
यसअघि पनि १ सय रुपैयाँको बिमा गरेका चन्दननाथ नगरपालिका ५ निवासी रत्नराज गिरीलाई पनि २ लाखको चेक हस्तान्तरण गरिएको शाखा प्रमुख पडेराको भनाइ छ । स्याउ बिमासँगै किसान दुर्घटना बिमा पनि गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्