‘आईसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न «

‘आईसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न

‘आईसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रबार सम्पन्न भएको छ ।
बौद्धस्थित हायत रिजेन्सी होटलमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइनलाई -याम्पमा प्रस्तुत गरेका थिए ।
आईसी कलेज र नेक्स्ट मोडल्स नेपालको संयुक्त रुपमा गरेको फेसन शोमा अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, सारा सिर्पाली, सुशील श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सुपर मोडल सविता काकीले -याम्प वाक् गरेका थिए । ‘आईसी डिजाइनर रनवे १०’ मा २८ महिला र ८ पुरुष मोडल गरेर ३६ मोडलले ७३ जना डिजाइनरका पहिरनलाई -याम्पमा प्रस्तुत गरेका थिए ।
विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको ‘आईसी डिजाइनर रनवे’ फेसन शोमा नग्मा श्रेष्ठ, अस्मि श्रेष्ठ, अनुराधा कोइराला, अभिनेत्री निसा अधिकारी, क्रिकेटर शरद भेस्वाकरलगायतका विशिष्ट ब्यक्तिहरू सेलिब्रेटीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्