निजी क्षेत्रको समस्या समाधानमा सरकारले चासो देखाएन : गोल्छा «

निजी क्षेत्रको समस्या समाधानमा सरकारले चासो देखाएन : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाएका छन् ।
सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतका लागि भएको कार्यक्रममा अध्यक्ष गोल्छाले सबै नेताहरुले निजी क्षेत्रको सहभागिता विना देश समृद्ध नहुने बताए पनि समस्या समाधान गर्न भने तदारुकता नदेखाएको आरोप लगाए । उनले महासंघले तयार परेको भिजन पेपरमा निजी क्षेत्रसँग सम्बन्धीत एक सय वटा समस्याहरु पहिचान भएको बताउँदै ती समस्या समाधान भए मुलुकभित्र लगानीको वातावराण बन्ने दावी गरे । उनले भिजन पेपरमा पहिचान भएका समस्यामध्ये आफ्नो कार्यकालमा ४४ वटा समस्या समाधान गर्ने गरी अगाडी बढाएको बताए । गोल्छाले ४४ वटा समस्या मध्ये १४ वटा कानुनसँग सम्बन्धित रहेको बताए ।
अध्यक्ष गोल्छाले हाल बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव कारण लयमा फर्किन थालेको अर्थतन्त्र पुनः सुस्ताउँदै गएकोले चिन्ता बढेको बताए । अहिले देखिएको तरलता अभाव हटाउन सरोकारवाला सबैसँग छलफल अगाडि बढाइएको उनले बताए । उनले कोरानाको कारण थला परेको व्यापार, मनोरञ्जन, पर्यटन, साना तथा मझौला उद्योगलाई कसरी सहजिकरण गर्ने भन्नेबारे अर्थ मन्त्रालयलाई आग्रह गरिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्