ओली र प्रचण्ड प्रतिक्रियावादी दलाल हुन् : वैद्य «

ओली र प्रचण्ड प्रतिक्रियावादी दलाल हुन् : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले पुष्पकमल दहाल (प्रचण्ड) र केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् ।
माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् । उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरु भए पनि शुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए । उनले यस्ता घटनाहरुको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए । महासचिव वैद्यले अहिले प्रचण्ड आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओवाद पहिले नै छोडिसकेको दाबी गरे ।
महासचिव वैद्यले माक्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसारको राजनीतिक कार्यदिशा बनाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्