शुक्रबारदेखि मात्रै मौसम सफा हुने «

शुक्रबारदेखि मात्रै मौसम सफा हुने

आइतबारदेखि मुलुकको अधिकांश स्थानमा सुरु भएको वर्षा र हिमपातको सम्भावना बिहीबारसम्म नै रहने शुक्रबारदेखि मात्रै मौसम सफा रहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाआका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा र हिमपातको सम्भावना देखिएको हो ।मौसम आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र पहाडी क्षेत्रमा भने एक वा दुई स्थानमा वर्षाको सम्भावना देखिएको महाशाखाको पूर्वानुमान छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुुदूरपश्चिम, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना उनको भनाइ छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८.३ डिग्री सेल्सियस रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्