नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आर्थिक सुशासन सम्बन्धी प्रशिक्षण «

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आर्थिक सुशासन सम्बन्धी प्रशिक्षण


गैर सरकारी संस्था दायित्वले लुम्बिनी प्रदेशका तीन नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र अन्य अधिकारीका लागि आर्थिक सुशासनका लागि नेतृत्व’ विषयक प्रशिक्षण प्रदान गरेको छ । नगरपालिका तहका वरिष्ठ प्रतिनिधि तथा अधिकृतहरूको नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने उद्देश्यका साथ दिइएको दुई दिने प्रशिक्षणमा लुम्बिनी प्रदेशको तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि र अधिकारीको सहभागीता रहेको थियो ।
दुई दिने प्रशिक्षणको समापन समारोहमा सहभागीलाई सम्बोधन गर्ने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले राजनैतीक र प्रशासनिक नेतृत्वले मिलेर नेपालको स्रोत साधनको उचित व्यवस्थापन गर्न सके देशलाई उत्पादनशील अर्थतन्त्र र दिगो विकासको बाटोमा सजिलै लैजान सकिने बताए ।
प्रशिक्षणको मुख्य वक्ता सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठले सहभागी जनसेवकलाई प्रोत्साहन गर्दै स्थानीय तहमा बसेर नीति निर्माण गर्दा ध्यान पु¥याउनुपर्ने विषयमा जानकारी दिए ।
प्रशिक्षणबाट स्थानीय जनप्रतिनिधि र अधिकारीलाई असल सार्वजनिक नीति, सार्वजनिक सेवामा व्यावहारिक दृष्टिकोण, आन्तरिक युवा रोजगारी, कानून र स्थानीय विकास, संघीयताको आर्थिक परिकल्पना, तथ्यमा आधारित नीति निर्माण, सार्वजनिक (निजी साझेदारी, स्थानीय सरकारको वित्त व्यवस्थापन, सदाचार संस्कृति जस्ता विषयमा सचेत तथा संवेदनशील बनाउने विश्वास आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्