‘आर्थिक क्रान्तिका लागि पर्यटकीय क्षेत्रको सम्बद्र्धन’ «

‘आर्थिक क्रान्तिका लागि पर्यटकीय क्षेत्रको सम्बद्र्धन’

इलाम- प्रदेश १ का मुख्यमंत्री राजेन्द्र कुमार राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवद्र्धन आवश्यक भएको बताएका छन् ।
प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको असली रुप संरक्षण गरेमा मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उनले बताए । दक्षिणी इलामको माई नगरपालिका १ मा प्रथम १३ कुने सिमसार महोत्सव २०७८ को उद्घाटन गर्दै मुख्यमंत्री राईले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान पु¥याउने बताएका हुन् ।
बिहिबारदेखि सुरु भएको महोत्सव उद्घाटन समारोहमा प्रदेशसभा सदस्य काजीमान कागते, माइ नगर पालिका प्रमुख दिपककुमार थेवे, एकीकृत समाजवदीका जिल्ला अध्यक्ष भक्त केसी समेतका वक्ताले १३ कुने सीमसार क्षेत्रको विकासमा विस्तृत परियोजना अनुरुप अगाडि बढ्नुपर्ने सुझाव दिए । नगर प्रमुख थेवेले १३ कुने सीमसार क्षेत्रको विकासमा प्रदेश सरकार र संघसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।
महोत्सव ११ गतेसम्म सञ्चालन हुने भएको छ । चुरे क्षेत्रमा रहेका १३ कुने सीमसार क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न सांस्कृतिक, कार्यक्रम, खुल्ला भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । पहिलो पटक भएको महोत्सव पछि यस क्षेत्रमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्