‘९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै भत्ता’ «

‘९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै भत्ता’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै भत्ता पु-याउने व्यवस्था गरिने बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री रेग्मीले ९० वर्षमाथि पुगेका ज्येष्ठ नागरिकलाई सरकारले घर–घरमै भत्ता पु¥याउने बताइन् । ९० वर्षमाथि पुगेका ज्येष्ठ नागरिक शारीरिक रूपमा अशक्त भएको कुरालाई दृष्टिगत गर्दै बैंकसँग समन्वय गरी घरमै भत्ता पु¥याउने व्यवस्था सरकारले गरेको र छिट्टै कार्यान्वयन हुने उनले दाबी गरिन् । त्यसैगरी रातो कार्ड पाएका अपांगता भएका व्यक्तिहरूले पाउने भत्ता पनि घरमै पु¥याउने उनले बताइन । उनले भनिन्, “ज्येष्ठ नागरिकहरू जो ९० वर्षमाथि पुग्नुभो । जो बेडमा पर्नुभाको छ र अपांगता भएका व्यक्तिहरू जो रातो कार्ड पाउनुभएको छ । उहाँहरू बेडमा हुनुहुन्छ, बैंक जान सक्नुहुन्न । त्यस्तै अरु जसले भत्ता पाउने अधिकार राख्नुहुन्छ तर उहाँहरू बैंक जान सक्नु हुन्न । त्यस्ताहरूलाई जसरी हुन्छ, स्थानीयले बैंकसँग समन्वय गरेर हातहातमा भत्ता पु¥याइदिने बैंकले, त्यो व्यवस्था गर्नुपर्छ भनेर त्यसमा लागिरहेका छौँ । संघीय मामिला मन्त्रालयसँग पनि बैठक गरेर त्यो कुरालाई कार्यान्वयनको पक्षमा जाने भन्ने कुरा पास भइसकेको छ । त्यस्तै प्रकारले यातायातमा पनि ५० प्रतिशत भाडा छुट छ, अपांगता भएका व्यक्तिलाई र ज्येष्ठ नागरिकलाई तर त्यो कार्यान्वयन हुन सकेको छैन । त्यसमा कसरी कार्यान्वयन गराउन सकिन्छ, ती कुरामा पनि हामी लागिरहेका छौँ ।”
उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको समस्या समाधानका निम्ति मन्त्रालयले नीतिगत रूपमा काम गरिरहेको पनि बताएन ।

प्रतिक्रिया दिनुहोस्