लाालीगुराँस सहकारीले १२ प्रतिशत लाभांस दिने «

लाालीगुराँस सहकारीले १२ प्रतिशत लाभांस दिने

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सेयर सदस्यलाई १२ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थाको २२औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।
साधारणसभामा अध्यक्ष अमरदास श्रेष्ठले आर्थिक वर्ष २०७७/०७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराए ।
संस्था स्थापना भएको २१ वर्ष अवधीमा सहकारीको सेयर सदस्यको संख्या करिब २२ हजार पुगेको बताइएको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा गाई फार्म सञ्चालन गरेको छ । संस्थाले गत वर्षदेखि ललितपुर गोदावरीमा दुग्ध प्रशोधन उद्योगसमेत सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्