चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालको स्तरोन्नती गर्ने «

चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालको स्तरोन्नती गर्ने

चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नती गर्ने भएको छ । फाउन्डेसन र अस्पतालबीचमा भएको सम्झौता अनुसार फाउण्डेसनले भवनको स्तरोन्नती गरी हालको १२ शैयालाई विस्तार गर्दै २५ शैयाको इमरजेन्सी वार्ड निर्माण गर्ने भएको हो । चौधरी फाउण्डेसन चौधरी ग्ग्रुपको सामाजिक गतिविधिमा सक्रिय इकाइ हो ।
अस्पतालमा आयोजित कार्यक्रममा फाउण्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी तथा अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. अजित रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।
अध्यक्ष चौधरीले दुर–दराजसम्मका सर्वसाधरण र निम्न आर्थिकस्तर भएका नागरिकका सन्ततीले पनि सर्वसुभल र गुणस्तरिय उपचार सेवा पाउन भन्ने ध्ययले आफूहरुले कान्ति बाल अस्पताललाई सहयोग गरेको बताए । उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई सन्तोष लागेको बताए ।
निर्देशक प्रा.डा. अजित रायमाझीले चौधरी फाउण्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । उनले चौधरी फाउण्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताए । अस्पतालका अतिरिक्त फाउण्डेसनले सोलुखुम्बु जिल्लाको नाम्चे स्थित माउन्टेन मेडिकल इन्टिच्युटलाई सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्