Logo

तरलता अभावको असरले निर्माण उद्योग संकटमा : अध्यक्ष सिंह


नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन् ।
अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएक हुन् । उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको बताए । उनले बजारमा हाहाकार भए तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भइ कटौती गरे ५ प्रतिशत कायम गरेकाले पनि विगत दुई वर्षदेखि निर्माण उद्योगले गति लिन नसेको बताए ।
उनले दुई वर्ष कोरोना महामारीको कारण काम नहुने तर अन्य खर्च हुने तर, खर्च भए अनुसार त्यसबाट उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीले चरम आर्थिक अभाव झेलिरहेको बताए ।
अध्यक्ष सिंहले पछिल्लो समय बैंकहरुले एक दुई लाख कर्जासमेत पाउन मुस्किल भएको बताए । उनले निर्माण व्यवसायीको बैंकिङ ऋण मात्रै ३ सय ४० अर्ब रहेको तर, सरकारसँग विगत एक वर्षदेखि बारम्बार निर्माण उद्योगमा तरलता अभाव रहेकाले तरलता सहज बनाउन निर्माण व्यवसायीको ५ प्रतिशत धरौटी रकम बैंक ग्यारेण्टीमा फुकुवा गर्न माग गरेको बताए ।
उनले सरकारले ५ प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज हुने, निर्माण कार्य पनि अगाडि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुने धारणा राखे ।
“वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको छ, तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा अगाडि बढ्न सकेको छैन” उनले भने। “सरकारले ५ प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज, निर्माण कार्य पनि अगाडि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुन्छ ।”
अध्यक्ष सिंहले सरकारले निर्माण व्यवसायीको मागलाई सम्बोधन गरे मात्रै पनि बजारमा तरलता सहज हुने धारणा राखे । उनले सरकारले माग सम्बोधन गर्दा विकास निर्माणको काम पनि गति लिने बताए ।
विकास निर्माणको काम गति दिने वित्तिकै रोजगारी सृजना हुने उनको भनाइ छ ।
अध्यक्ष सिंहले सरकारले लिएको विकास निर्माणको लक्ष्य बजेटको सहि व्यवस्थापन भएमा प्राप्त हुन सक्ने बताए । उनले सरकारले बजेटलाई काम भइरहेको योजनामा अभाव हुन नदिने र काम नभएको स्थानको बजेट फ्रिज सरकारले राख्न नहुने बताए ।
अहिले सरकारको ढुकुटीमा अर्बै रकम थुप्रिएर बसेको तर विकास निर्माणको काम गर्न रकम अभाव भएको उनको भनाइ छ । अब विकासे मन्त्रालयहरुले बजेट खर्च गर्न दोहोरी मात्रै नखेलेर बजेट व्यवस्थापन गरेर विकास निर्माण अगाडि बढाउन सहयोग गर्नु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्