विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक : प्रधानमन्त्री «

विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक : प्रधानमन्त्री

सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह काठमाडौँ, ९ मङसिरः प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा बिहीबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै । तस्बिरः रोशन सापकोटा/रासस

प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको हो । उहाँले विधिको शासन र कानूनी राज्य लोकतन्त्रको आधारशिला भएको उल्लेख गर्नुभयो ।
मुलुकको शासन प्रभावकारी र पूर्वाग्रहरहित ढंगले चलाउनु राज्यको महत्वपूर्ण जिम्मेवारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘विधिको शासन, कानूनी राज्य लोकतन्त्रको आधारशिला हो । मुलुकको समृद्धि, विकास र मानव अधिकारको संरक्षण विधिको शासनमा निर्भर रहन्छ । तसर्थ विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्नु आवश्यक छ । मुलुकको शासन प्रभावकारी, पूर्वाग्रहरहित कार्यान्वयन राज्यको प्राथमिक, महत्वपूर्ण जिम्मेवारी अन्र्तगत पर्दछ ।
अपराध संहिता लगायतका नयाँ फौजदारी कानूनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षण गरी कानूनी शासनको सुनिश्चितता गराउने कार्यमा यो सिंगो संस्थाको र सरकारी वकिलहरुको महत्वपूर्ण भुमिका हुनेछ ।’
महान्यायाधिवक्ताको कार्यालयले स्थापना कालदेखि नै विधिको शासन प्रवद्र्धन गर्ने काममा भुमिका खेलिरहेको उहाँको भनाई छ । उहाँले कानूनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षणमा महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलहरुको भुमिकाको प्रशंसा समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्