प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस दिने «

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस दिने

प्राइम कमर्सियल बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशतका दरले हुने २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद १ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । बिष्ट यसअघि पनि बैंकको सञ्चालक थिए ।

प्रतिक्रिया दिनुहोस्