प्रिमियर इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउसबीच सम्झौता «

प्रिमियर इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानीका लागि सम्झौता गरेको छ ।
सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौतापछि प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआइ)सँग जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बनेको बताइएको छ ।
यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएल–आइपिएस र कनेक्टआइपिएस प्रणालीसँग जाडेर इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत आफ्नो लगानी सम्बन्धी कारोबार आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।
यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि सघाउने छ । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीका बैंक खाताहरुबाट हुने कम्पनीको भनाइ छ ।
कम्पनीकअनुसार यसरी एनपिआइमा जोडिए पछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने बताइएको छ । एनपिआइसँग गरिने उक्त साझेदारीमा प्रिमियर इन्स्योरेन्सको सफ्टवयर पार्टनर अर्हान्त सोलुसन्सको पनि महत्वपूर्ण भूमिका रहेको छ । जसले प्रिमियर इन्स्योरेन्सलगायत १७ अन्य र्निजिवन बिमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।
प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी लाईफ तथा नन–लाईफ इन्स्योरेन्स कम्पनीका बिमितहरुले आफ्नो बिमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्टआइपिएसबाट भुक्तानी गर्दै आएका छन् । साथै ७ लाईफ इन्स्योरेन्स कम्पनी अघि नै एनपिआइमा आबद्ध रहेका छन् ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको एनपिआई सञ्चालनमा रहेको छ । जसमा हाल ६० सदस्य बैंक वित्तीय संस्था आबद्ध छन् भने अन्य पिएसपी÷पिएसओ, रेमिटेन्स कम्पनी, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थालगायतका ६८ गैर—बैंकिङ संस्था इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आवद्ध छन् । सन् १९९४ मा स्थापना गरिएको प्रिमियर इन्स्योरेन्स विभिन्न प्रतिस्थित व्यवसायिक समूह तथा उद्योगपतिद्वारा स्थापना गरिएको आइएसओ सर्टिफाइड र्निजिवन बिमा कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्