किशोरी किशोरीबीच बिहे !

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सिम्लीमा परम्परादेखि चल्दै आएको पापीनी मेलामा यसवर्ष पनि किशोरी किशोरीबीच बिहे भएको छ । मगर समुदायको बाहुल्य रहेको सिम्लीको मगरराङजामा मगरकला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले परम्परागत रूपमा प्रत्येक वर्ष पापीनी मेला लाग्दै आएको छ ।
मेलामा परम्परादेखि दुईजना किशोरीलाई दुलाहा दुलही बनाई पूजापाठ गरी विवाह सम्पन्न भएपछि मेला सम्पन्न हुने गर्दछ । २ किशोरीमध्ये एउटालाई पुरुष र एउटालाई महिला बनाएर गरिने विवाह नै मेलाको मुख्य आर्कषण हो । मगरराङजा गाउँमा करिब ८० प्रतिशत मगर जातिको बसोबास छ । मेलामा स्थानीय मगर समुदायको भेषभुषामा सजिएका बालबालिकादेखि वृद्धवृद्धासम्मको आ–आफ्नै सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने चलन छ । (सागर परियार)