नेपाल एसबिआई मर्चेन्ट बैंकिङको साधारणसभा सम्पन्न «

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएका हो ।
उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरिएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्