सुजुकीको सेलेरीओको बुकिङ सुरू «

सुजुकीको सेलेरीओको बुकिङ सुरू

नेपाली बजारमा सुजुकीको नयाँ गाडी सेलेरिओ सार्वजनिक हुँदैछ । कम्पनीले आइतबारदेखि नयाँ सेलेरिओको प्री–बुकिङ खुल्ला गरेको छ ।
नेपालका लागि सुजुकी चार पांग्रेको आधिकारिक वितरक सिजी मोटोकर्पले बिक्री खुला भएको घोषणा गरेको हो । नयाँ सेलेरिओले २६.६८ किलोमिटरको माइलेज दिने बताइएको छ ।
जुन नेपालकै सबैभन्दा बढी माइलेज दिने कार हुनेछ । गाडीमा ३२ लिटरको इन्धन क्षमता छ ।
९९८ सिसी क्षमता भएको यो गाडीमा १.० के१०सी इन्जिन जडित छ । जसले ५,५०० आरपिएममा ६७ पिएस पावर र ३,५०० आरपिएममा ८९ एनएमको टर्क जेनेरेट गर्छ । गाडीको बाहिरी र भित्री आवरण निकै स्टाइलिस छ ।
यसको क्याबिन खुल्ला हुनुका साथै सिटमुनी हुने ठाउँ पनि फराकिलो छ । यसको इन्टेरिअर पूरै कालो रंगमा छ । गाडीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन छ । यसमा ३१३ लिटरको डिकी क्षमता छ । गाडीमा २,४३५ एमएम ह्विलबेस छ। पाँच सिटर नयाँ सेलेरिओमा सुरक्षाको लागि एक दर्जनभन्दा बढी विशेषता छन् । गाडीको अगाडि भागका पांग्रामा डिस्क र पछाडि ड्रम ब्रेक छ ।
गाडीमा १५ इन्चको अलोय ह्विल पाउन सकिन्छ । सुजुकीको यो नयाँ सेलेरिओको सुरुवाती मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । भिएक्सआईको मूल्य २७ लाख ९० हजार तोकिएको हो भने जेडएक्सआईको मूल्य २९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्