नेपाल लाइफ इन्स्योरेन्स देशकै उत्कृष्ट भएको दाबी «

नेपाल लाइफ इन्स्योरेन्स देशकै उत्कृष्ट भएको दाबी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमाका क्षेत्रमा नेपाल लाइफ देशकै उत्कृष्ट जीवन बिमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत नेपालकै नम्बर एक अभियान सार्वजनिक गरी तथ्य प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो ।
कम्पनीले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ को पहिलो तीन महिनाको अन्तिमसम्म कम्पनीसँग ११८.७६ अर्बको जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ बिमालेख जारी, ४०.५० अर्बको दावी भुक्तानी, ७.१९ अर्बको चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।
कम्पनीले जीवन बिमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ ६ पुसदेखि ‘नेपालकै नं. एक’ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्