केएफसीको शाखा आइप्लेक्स मलमा

काठमाडौंको बानेश्वरस्थित आइप्लेक्स मलमा केएफसीको नयाँ खाशा विस्तार भएको छ । विश्वमै स्वादिस्ट चिकेन परिकार उपलब्ध गराउने रेष्टुरेन्टका रुपमा परिचित केएफसीमा विभिन्न परिकारको स्वाद लिन सकिने जनाइएको छ ।
कोभिडको बेला विश्वस्तरीय सुरक्षा नीति अबलम्बन गरेर काम भइरहेको कम्पनीले जनाएको छ । सुरक्षा मापदण्ड, सामाजिक दुरीलगायतलाई महत्व दिइएको छ ।
रेष्टुरेन्टमा प्रत्येक ३० मिनेटमा टेबल, काउन्टर, ढोका, सरसफाइ गरिरहेको जनाइएको छ । एकपटकमा ४५ जनाले सेवा लिन सक्नेछन् भने बिहान ११ बजेदेखि बेलुका ११ बजेसम्म सेवा दिइरहेको जनाइएको छ ।