आइसिएफसी फाइनान्सले १४ प्रतिशत बोनस दिने «

आइसिएफसी फाइनान्सले १४ प्रतिशत बोनस दिने

आइसिएफसी फाइनान्सले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको अठारौं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक एसएआर एसोसिएट्सलाई नियुक्त गरेको छ ।
चुक्ता पुँजी एक अर्ब दुई करोड ४२ लाख रुपैयाँ रहेको कम्पनीले हालसम्म २० वटा शाखा तथा एक एक्सटेन्सन काउन्टर र १९ वटा एटीएममार्फत ८० हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । यसैगरी चालु आवसम्म १५ अर्ब २० करोड निक्षेप रुपैयाँ संकलन र १३ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्