सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा नुवाकोटमा «

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा नुवाकोटमा

सिटिजन्स बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका मदानपुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सुब्बालाल श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
उक्त शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर रहेका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८८ वटा शाखारहित बैंकिङ इकाईबाट करिव १२ लाख ८०हजार ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्