स्टडी ग्रुप र फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीबीच सम्झौता «

स्टडी ग्रुप र फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीबीच सम्झौता

शैक्षिक सेवा प्रदायक संस्था स्टडी ग्रुपले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँँ सम्झौता गरेको छ । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी युएस् न्युज डट कम र वल्र्ड रिपोर्टको टप पब्लिकहाइयर एडुकेसन इन्स्टिच्युसनमा पर्न सफल विश्वविद्यालय हो ।
यो विश्वविद्यालयमा ३० हजारभन्दा बढी अण्डर–ग्राजुुएट र पोस्ट–ग्राजुएट विद्यार्थी अध्ययनरत छन् । यो विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई पढाई सकिएपछि गूगल, एप्पल र जेनेरल मोटर्स र प्राइस वाटर हाउस कुपर्स जस्ता ग्लोबल कम्पनीहरुमा ४ हजार ८०० भन्दा बढी इन्टर्नशिपपप्लेस्मेन्टको सुविधा उपलब्ध गराएको जनाइएको छ ।
स्टडी ग्रुपले विश्वभरीका ५० युनिभर्सिटीहरुसँग मिलेर ग्लोबल एजुकेसन सम्बन्धि शैक्षिक परामर्श गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्