पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल «

पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि पोखरा फाइनान्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो ।
सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् । २०७८ पुस ५ गतेदेखि लागू हुने गरी पोखरा फाइनान्सले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पोखरा फाइनान्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीको लगत अद्यावधिकलगायतका कार्यहरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्