नेपाल बंगलादेश बैंकमा अनलाइनबाटै खाता खोल्ने सुविधा «

नेपाल बंगलादेश बैंकमा अनलाइनबाटै खाता खोल्ने सुविधा

नेपाल बंगलादेश बैंकले अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । नयाँ योजनाअन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा अनलाइन फिक्स्ड डिपोजिटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन् ।
बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ । यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ ।
हाल बैंकका १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्