उच्च शिक्षा प्राप्त गरेका प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नुपर्छ : प्रधानमन्त्री देउवा «

उच्च शिक्षा प्राप्त गरेका प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नुपर्छ : प्रधानमन्त्री देउवा


त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन् ।
सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका हुन् । उनले सरकारको पनि आर्थिकस्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता रहेको भन्दै राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताए । प्रधानमन्त्री देउवाले आजको प्रतिष्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रूपमा रूपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले भने, “विद्यार्थी कल्याणसम्बन्धी कार्यहरू विस्तार र विश्वका अन्य प्रतिष्ठित विश्व विद्यालयसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नति गर्ने गरी यसलाई निरन्तरता दिनुपर्दछ । विश्वविद्यालयको स्तर उँचो बनाउन सम्पूर्ण पदाधिकारी, प्राध्यापक, विद्यार्थीसँग सहकार्यको आवश्यक पर्दछ । विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी समाजको विकास, रूपान्तरणमा सहयोगी हुनुपर्दछ । मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ, बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रूपमा रूपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्दछ । सरकारको पनि आर्थिक स्तरमाथि भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता छ । समाजका सबै वर्ग, समुदायले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र, समाजमा उपयोग गर्नसक्ने वातावरण तयार गर्ने हाम्रो आजको राष्ट्रिय दायित्व हो ।”
प्रधानमन्त्री देउवाले विश्वविद्यालयले विद्यार्थी कल्याणसम्बन्धी कार्यहरू विस्तार र विश्वका अन्य प्रतिष्ठित विश्व विद्यालयसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नति गर्ने गरी निरन्तरता दिनुपर्ने बताए । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले २९ हजार ७ सय २९ जना विद्यार्थीलाई दीक्षित गरेका थिए ।
त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहमा बोल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका हुन् । उनले दीक्षित विद्यार्थीले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा योगदान पु¥याउनु पर्ने बताए । मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यावहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको पनि बताए । उनले अनुसन्धानात्मक संस्थालाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महसुस आफूले गरेको बताउँदै त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने शिक्षा नेपालमै प्रदान गरेर उच्च शिक्षा अध्ययनको व्यवस्था स्वदेशमै मिलाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्