‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित «

‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित

विभागीय टिम एपीएफ क्लबले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
दशरथ रंगशालामा सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबमाथि ३–१ ले हराउँदै एपिएफले पहिलो जित दर्ता गरेको हो । अघिल्ला खेलमा खराब नतिजबाट गुज्रिरहेको एपिएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गर्दा बिकी तामाङको नाममा एक गोल रह्यो । फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए ।
यस जितसँगै एपीएफले ५ खेलमा ४ अंक जोडेको छ । एपीएफ ११ औं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले ५ खेलमा २ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा झरेको छ । यससँगै सहिद स्मारक ए डिभिजन लिगमा पाँचौ चरणका खेल पनि सकिएका छन् । १३ अंक जोड्दै मनाङ मस्र्याङ्दी तालिकाको शीर्ष स्थानमा रहँदा ११ अंकका साथ मच्छिन्द्र फुटबल क्लब दोस्रो, ९ अंकका साथ त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो र समान ९ नै अंक भएको संकटा चौंथो स्थानमा छ । लिगमा छैठौं चरणका खेल पुष ९ गतेबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्