सिटिजन लाइफको नयाँ सिटिजन वार्षिक जीवन बिमा योजना

ग्राहकवर्गहरूको सुरक्षा र निश्चिन्तताका लागि नवीनतम जीवन बिमा योजनाहरू ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बिमा नामक नयाँ योजना नेपालीहरू माझ प्रस्तुत गरेको छ । काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलद्वारा उक्त योजना बजारका लागि सार्वजनिक तथा शुभारम्भ गरिएको थियो ।
बिमितहरूको भावी योजनाहरूलाई सार्थक बनाउनका लागि यस बिमा योजनाले बिमा अवधिभर जोखिम वहन गर्नुका साथै भैपरी आउने समस्याहरूमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पु-याउने उद्देश्यले वार्षिक रूपमा बिमांकको पाँच प्रतिशत रकम बिमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ । यस विशेषताले ग्राहकहरूलाई बिमा योजनाअनुसारको आफ्नो बिमा शुल्क भुक्तानीको भार व्यवस्थापन गर्नसमेत अझ सरल र सहज गराउने कम्पनीले जनाएको छ ।