साथीमार्टको ब्रान्ड एम्बेसडर हमाल

साथीमार्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् ।
२०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेनले बिहिबार राजधानीना आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको आवद्दतामा हस्ताक्षर गरेका छन् ।
काठमाण्डौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै साथीमार्ट सुरुवातको १६ महिनामा सातै प्रदेशका सहरमा ७ दर्जन बढी आउटलेट सञ्चालन गर्दै काकडभिट्टादेखि दार्चुला अनि जिरीदेखि ढल्केबर पुग्न सफल भएको छ ।
बेरोजगार तथा नेपालमै बसेर केही गरौं भन्ने सोच भएका युवाहरुलाई लक्षित गरी साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एण्ड अर्न गर्ने गरि ‘साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरी यहि वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ । जसअन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरी तीस प्रतिसतसम्म आम्दानी गर्न सकिन्छ ।
आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ । साथीमार्टको आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गर्न सकिन्छ । हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा साथीमार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने साथीमार्टका संस्थापक सिइओ पोखरेल बताउँछन् ।
साथीमार्ट प्रशासन सबै मार्टमा यस आर्थिकवर्षमा ३ सय प्रतिशतसम्मको बिक्री बढाउने योजनामा रहेको छ । बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसीप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुविधा र अन्लाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ । मार्टमा सामान महँगो होला भन्ने अवधारणा हटाउँदै ग्राहक आधार बलियो बनाउन साथीमार्ट सफल भएको छ । साथै मार्टले हालका लागि फ्रान्चाइज शुल्क र रोयल्टी नलिने रणनीति लिइ व्यापार बिस्तारमा जोड दिएको छ । त्यस्तै आउटलेटमा मेड इन नेपाल कलेक्सनलाई जोड दिइएको छ । साथीमार्टको यसै बर्ष थप २ सय र ३ वर्षमा नेपाल भर हजार आउटलेट खोल्ने लक्ष्य रहेको छ ।