अक्सिजन प्लान्ट उद्घाटन

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेकी छिन् ।
दया फाउण्डेशन, अमेरिकामा रहेको युनाइटेड नेवा, आईओएनलगायतका दर्जन भन्दा बढी संस्था तथा व्यक्तिको सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको दैनिक एक सय सिलिण्डर क्षमताको अक्सिजन प्लान्टको औपचारिक उ्दघाटन गरिएको हो । दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन हुने र स्वचालित पाइपमार्फत सिधैं अस्पतालको बेडहरुमा पुग्ने अक्सिजन प्लान्ट निर्माण निर्मण गरिएको हो ।