सुदूरपश्चिममा टुर दी फारवेस्ट साइकल यात्रा «

सुदूरपश्चिममा टुर दी फारवेस्ट साइकल यात्रा

पर्यटन प्रवद्र्धनका लागि सुदूरपश्चिम साइकल यात्रा हुने भएको छ । कैलालीदेखि कञ्चनपुरसम्ममा साइकल यात्रा हुन लागेको हो । युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा पर्यटन प्रवद्र्धन गर्नका लागि दुई दिने साइकल यात्रा हुने भएको हो । फागुन २४ गते धनगढीदेखि सुरु भएर फागुन २५ गते महेन्द्रनगर पुगेर साइकल यात्रा समापन हुने शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । साइकल यात्रामा देशभरका ४० जना साइकल यात्रीहरूको सहभागिता रहनेछ । नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुग्ने अपेक्षासहित गरिन लागेको साइकल यात्राका लागि साढे तीन लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
कैलाली कञ्चनपुरमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्नका लागि साइकल यात्रा गर्न लागिएको हो । फागुन २३ गते धनगढीका विभिन्न पर्यटकीय र धार्मिक स्थलहरूको भ्रमण गराइनेछ । त्यसपछि फागुन २४ गते धनगढी रंगशालादेखि साइकल यात्रा सुरु भएर विभिन्न स्थानमा स्वागत हुँदै पहिलो दिन मझगाउँ होमस्टेमा वास वस्नेछ । दोस्रो दिन कञ्चनपुरका पर्यटकीय क्षेत्रको साइकलमार्फत भ्रमण गराएर कार्यक्रम समापन गर्ने तालिका बनाइएको पत्रकार सम्मेलनमा टुर दी फारवेस्ट साइकल यात्राका संयोजक टेकराज पनेरुले जानकारी दिए ।
साइकल -यालीमा विश्व भ्रमण गरिसकेका साईकल यात्री पुष्कर शाहको पनि सहभागिता रहनेछ । त्यसका अलावा देशका विभिन्न स्थानका गरी ४० जनाभन्दा वढी साइकल यात्रीहरूले टुर दी फारवेस्ट साइकल यात्रा २०७५ मा सहभागीता जनाउनेछन् । पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्नका लागि गरिन लागेको कार्यक्रमका लागि झन्डै साढे ३ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतिस्पर्धा बिना नै पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम गर्न लागेको आयोजक युथ स्पोर्टस क्लबका अध्यक्ष सुरेन्द्र शाहीले जानकारी दिए ।
सुदूरपश्चिममा पहिलो पटक साइकल यात्रीहरूलाई एकै ठाउँमा भेला गरेर धनगढीदेखि महेन्द्रनगरसम्मको ६६ किलोमिटर र त्यसमा लिङगा जानआउन लाग्ने २८ किलोमिटर थप दूरीमा साइकल यात्रा हुन लागेको छ । साइकल यात्राको माध्यमले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न कार्यक्रम गरिएको र यसले टेवासमेत पुग्ने अपेक्षा गरिएको एक जना साइकल यात्री भरत शाहीले पत्रकार सम्मेलनमा बताए ।

 

प्रतिक्रिया दिनुहोस्