हंस बहुउद्देश्यीय सहकारीको मोवाइल बैंकिङ «

हंस बहुउद्देश्यीय सहकारीको मोवाइल बैंकिङ

नारायणगढमा रहेको हंस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नै मोवाइल तथा एसएमएस बैंकिङ सञ्चालनमा ल्याएको छ । संस्थाको १२ औं वार्षिकोत्सवको अवसर पारेर मोवाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको हो । मोवाइल बैंकिङको बागमती प्रदेशका रजिष्टार नारायणप्रसाद ज्ञवालीले उद्घाटन गरे ।
सूचना प्रविधिको उच्चतम् प्रयोग गर्दै हंसले आफ्ना सेयर सदस्यको सहजताका लागि सो बैंकिङ एप सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिए ।
यस सेवाबाट संस्थाका सेयर सदस्यहरुले घरबाटै आफ्नो वित्तीय कारोवारको सजिलै जानकारी लिन सक्नेछन् । प्रयोगकर्ताले एप्लिकेशनमार्फत अन्तर बैंकिङ रकम ट्रान्सफर, वालेट टपअप, खानेपानी, बिजुली, हवाई टिकटलगाएत सेवाको भुक्तानी गर्न सकिने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्