मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा «

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदास टेक्नोलोजीले वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरू गरेको छ । प्रदेश १ र २ का बिरामीले लाइनमा बसेर पाउने सास्तीबाट छुट्कारा पाउने कम्पनीले विस्वास लिएको छ ।
बिरामीले आफैं अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने भएकाले अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने बताइएको छ ।
यो सेवा हाललाई त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्तामाझ सरकारी तथा निजी अस्पतालले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेगरी व्यवस्था मिलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्