राष्ट्रिय व्यवसायिक पहल १५औं वर्षमा «

राष्ट्रिय व्यवसायिक पहल १५औं वर्षमा

राष्ट्रिय व्यवसायिक पहलको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । व्ययसायिक पहलले आफ्नो स्थापना कालदेखि नै मुलुकको आर्थिक सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।
राज्यमन्त्री उमेश श्रेष्ठले निजी क्षेत्रले भोगेका आम समस्या समाधानका लागि सरकार तयार रहेको बताए । उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताए । उनले निजी क्षेत्रको सुझावका आधारमा नीतिगत सुधारका लागि छलफल गर्न सरकार सधैं तयार रहेको पनि बताए ।
कार्यक्रममा व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले उद्यमशिलता प्रवद्र्धन गरी मुलुकमै रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउन आफूहरु तयार रहेको बताए । उनले सहज रुपमा उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाइदिन सरकारसँग आग्रह पनि गरे । बेला बेलामा उद्योग र मजदुरबीचको विवादका कारण निजी क्षेत्रको लगानी धरापमा पर्ने भन्दै अध्यक्ष जोशीले सरकारले उद्योगको हित र मजदुरको पक्षमै बसेर काम गर्नुपर्ने बताए । व्यवसायिक पहलका पूर्वअध्यक्ष पद्म ज्योतिले सबल र सक्षम समाजका लागि व्यवसाय महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्