क्रिकेटलाई केल्मीको साथ «

क्रिकेटलाई केल्मीको साथ

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलकुद पोसाक कम्पनी केल्मीले नेपाली क्रिकेट टोलीलाई पोसाक प्रायोजन गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजन गन आईतबार (आज) नेपाल क्रिकेट संघ (क्यान) र केल्मीबीच दुई वर्षे सम्झौता भएको हो । सम्झौंतामा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र केल्मीका तर्फबाट केल्मीका नेपाल निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार केल्मीले नेपालीको सिनियर, जुनियर र महिला टिमलाई केल्मीले आवश्यक पर्ने पोसाक प्रायोजन गर्नु पर्नेछ । सम्झौता २०२२ बाट सुरु भएर २०२३ को अन्तिमसम्ममा रहने क्यानले जनाएको छ । सम्झौतापछि बोल्दै क्यान अध्यक्ष चन्द र केल्मीका नेपाल निर्देशक न्यौपानेले आपसको साझेदारीले दुबैलाई साथ मिल्ने बताए । क्रिकेटको बर्षमा कम्तीमा १३ टुर हुने भएकोमा सो सम्झौता राम्रो हुने आशा दुवै पक्षले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्