बेंसीसहरमा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता «

बेंसीसहरमा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता


लमजुङ सदरमुकाम बेंसीसहरमा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम भएको छ । ग्लोबल आईएमई बैकको आयोजनामा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम भएको हो ।
डिजिटल बैकिङसम्बन्धी जानकारी गराइ डिजिटल बैंकिङका प्रविधिहरूमा सेवाग्राहीहरूलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले साक्षरता कार्यक्रमहरू सञ्चालन गरिएको बैंकले जनाएको छ । कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, ग्लोबल आईएमई बंैकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, डिजिटल बैंकिङ साथै बैंकिङका विविध आयामहरूका बारेमा जानकारी गराइएको थियो ।
पछिल्लो समय राष्ट्र बैकले पनि डिजिटल बैकीङ सेवालाई प्राथमिकता दिइरहेको र विश्वव्यापी रुपमा देखिएको कोभिड–१९ जस्ता संक्रमण जोखिमका बेला घरमै बसेर कारोवार सकिने हुँदा त्यससम्बन्धी सेवाग्राहीलाई प्रोत्साहन गर्न साक्षरता कार्यक्रम गरिएको ग्लोबल आईएमई बैंक बेंसीसहर शाखाका प्रवन्धक दिपक बस्नेतले बताए । डिजिटल बैंकिङले बैक तथा वित्तीय संस्थाहरूमा सेवाग्राहीहरूको भिडभाड कम हुने र सेवाग्राहीहरूले जुनसुकै समयमा पनि कारोवार गर्नसक्ने प्रवन्धक बस्नेतको भनाइ छ ।
कार्यक्रममा ग्लोबल आईएमई बैक वित्तश्रोत व्यवस्थापन प्रवन्धक निकिता भण्डारी थापाले ग्लोबल आईएमई बैकको बारेमाजानकारी गराउदै मोबाइल बैंकिङको उपयोगिता र एप्सको प्रयोगसम्बन्धी जानकारी गराएकी थिइन् । सोही कार्यक्रममा ग्लोबल आईएमई बैक कार्ड डिपार्टमेण्ट अधिकृत निराजन श्रेष्ठले पनिडिजिटल बैकीङ सम्वन्धीवित्तीय कारोबारका उपकरण र तिनीहरूको प्रयोग गर्ने शैलीका विषयमा अभिमुखीकरण गरेका थिए ।
कार्यक्रममा जिल्लास्थित विभिन्न वित्तीय क्षेत्रमा क्रियाशील संस्थाहरूका प्रतिनिधि, विभिन्न विद्यालय, क्याम्पसका शिक्षक तथा विद्यार्थी, विभिन्नक्लवतथा समूहहरूका प्रतिनिधीएवं बैक सेवाग्राहीहरूको सहभागिता थियो ।
वित्तीय संस्थाहरूको सेवा सुविधालाई प्रभावकारी बनाउन बैंकिङ प्रविधिका उपकरणहरूको प्रयोग बढ्न थालेसँगै बैंकहरूले त्यस्ता उपकरण तथा एप्सहरूको प्रयोग गर्ने तरिका र त्यसबाट हुने लाभ बारेमा जनसमुदायमा जानकारी गराउनथालेका छन् । ग्लोबल आईएमई बैंकले सदरमुकाम बेसीशहर सहितशाखा रहेका देशभरका विभिन्न क्षेत्रहरूमा साक्षरता अभियान सञ्चालन गरेको हो ।
ग्रामीण भेगहरूमा अझै पनि साहू महाजनबाट चर्को ब्याजदरमा कर्जा लिने, विनिमयका लागि परम्परागतव्यवहारिक आर्थिक गतिविधि तथा क्रियाकलापले देशलाई वित्तीय साक्षरतमा प्रवाभ पारेको देखिन्छ । परम्परागत शैली परिर्वतनगर्न तथाआर्थिक समृद्धि तीव्र दरमा हासिल गर्न र पूर्वतयारीको लागि वित्तीय साक्षरता अपरिहार्य रहेको सरोकारवालाहरूको भनाइ छ ।
विश्व बैंकको आँकडाअनुसार विश्वमा १३ प्रतिशत देखि ७१ प्रतिशतसम्म वित्तीय साक्षरता रहेको अनुमान छ । विश्वको सबैभन्दा कम वित्तीय साक्षरतामा यमन छ भने स्विडेन, डेनमार्क, नर्वे जस्ता देशहरू धेरै वित्तीय साक्षरता हुने देशहरूमा पर्छन् । नेपालभने विश्व बैंकको आँकडाअनुसार निकै कमजोर नै देखिन्छ । नेपालमा करिब १९ प्रतिशत मात्रै वित्तीय साक्षरता रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्