नबिल इन्भेष्टमेण्ट बैंकिङको सेयर बजारसम्बन्धी कार्यक्रम «

नबिल इन्भेष्टमेण्ट बैंकिङको सेयर बजारसम्बन्धी कार्यक्रम

नबिल इन्भेष्टमेण्ट बैंकिङले गण्डकी प्रदेशबाट धितोपत्रका ऐन, नियम तथा व्यवसायी र मर्चेन्ट बैंकरहरुबारे जानकारीमूलक कार्यक्रम सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको ०७७ पुस २७ को निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम थालेको कम्पनीले जनाएको छ ।
यसअनुसार नेपालको सेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्रसम्बन्धी नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम सुरु गरेको हो ।
निकट भविष्यमा देशको सातै प्रदेशमा यस्तो खाले कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाइदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुका बारेमा जानकारी गराएका थिए ।
स्थापनाकालको १२औं वर्ष प्रवेश गर्दैगर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारी सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्