‘आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन’ «

‘आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन’


संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन् ।
मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० दिनभित्र क्यालिब्रेशन फ्लाइट गर्ने जानकारीसमेत दिए ।
उनले व्यवसायीहरुको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि बताए । “हामी करिव ७ देखि ८ महिनाको बीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरेर छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं” उनले भने, “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० दिनभित्र क्यालिब्रेशन फ्लाइट गर्दैछौं ।”
मन्त्री आलेले हवाई उडानको क्षेत्रमा काम गर्ने व्यवसायीहरुले हजारौं नागरिकलाई रोजगारीको अवसर दिएर राज्यले भन्दा बढी काम गरेको भन्दै प्रसंशा पनि गरे ।
कार्यक्रममा संघका पुनः निर्वाचित अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अग्रजहरुको योगदानकै कारण नेपालको हवाई उडानको क्षेत्रले प्रगति गर्न सम्भव भएको बताए । उनले हप्ता दिनसम्म पनि हवाई उडान भर्नका लागि टिकट पाउने नसक्ने पीडाबाट मुक्ति दिलाउने सफलता मिलेको पनि बताए । कार्यक्रममा हवाई उडानको क्षेत्रका योगदान दिएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्